Sunday, December 13, 2015

साउदीमा एक नेपालीको ओछ्यानमै मृत्यु

साउदीमा एक नेपालीको ओछ्यानमै मृत्यु

|२०७२ मङ्शिर २८ सोमबार753 पटक पढिएको
फोटो :फाइल फोटो
साउदी अरब : रोजगारीको सिलसिलामा साउदी अरब आएका एक नेपालीको सुतेकै ठाउँमा मृत्यु भएको छ । 
 
इलाम जितपुर–६ बरडमाका २७ वर्षीय चित्रबहादुर मगरको हृदयघातका कारण शनिबार सुतेकै अवस्थामा मृत्यु भएको हो । 
 
मगर साउदीको रविकस्थित प्रोजेक्ट सिस्टम गु्रपमा हेल्परका रुपमा कार्यरत थिए । ड्युटीबाट फर्केर राति खाना खाएर सुतेका मगर बिहान ओछ्यानमै मृत भेटिएको सोही कम्पनीमा कार्यरत मोहन बिएसकेले जानकारी दिए । 
 
मगर ३१ महिना अघि रोजगारीका लागि साउदी अरब आएका थिए । उनको शव रविकस्थित सेन्ट्रल अस्पतालको शव गृहमा राखिएको छ । 
 
मगरको मृत्युको विषयमा दूतावासलाई जानकारी गराइएको र उनको शव जतिसक्दो छिटो स्वदेश पठाउनका लागि कम्पनीमा पहल भइरहेको बिएसकेले बताए । रासस 

No comments:

Post a Comment

ads1